त्रिचन्द्रमा कांग्रेस निकट नेविसंघ विजयी, एमाले निकट अखिल तेस्रो
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विधार्थी संघको नेतृत्व विजयी भएको छ । नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात १२१५ मतसहित सभापतिमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्दन्दी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ले मत ल्याउँदै नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मतमा सिमित हुन पुगेका छन् ।
यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भए पछि चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो ।









