image
image
सगरमाथा संवादमा सहभागी हुन बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाइ नेपालले दियो निम्तो

सगरमाथा संवादमा सहभागी हुन बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाइ नेपालले दियो निम्तो

 काठमाडौं । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ ।  जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यो पहिलो हस्ताक्षर समारोह हो, जहाँ नेपालका पराराष्ट्र मन्त्री आरजु राणाले हस्ताक्षर गरेकी छिन् ।  उनले नेपालको तर्फवाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिँदै क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता जनाएकी छिन् ।
 
नेपाल संस्कृति, पर्यटन र गरिबी निवारणमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका अनुसार जलवायु परिवर्तन र विपद् पूर्वतयारीमा थप सहयोगका लागि आह्वान गरिएको छ । विपद् व्यवस्थापनमा बिमस्टेक उत्कृष्टता केन्द्र स्थापना गर्न भारतको पहललाई स्वागत गरेकी छिन भने  लचिलो पूर्वाधार र एआई संचालित समाधानहरूको आवश्यकतामा जोड दिइएको छ ।

 आगामी मे महिनामा हुने ‘सगरमाथा संबाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ।थाइल्याण्डको राजधानी बैंककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् । उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।