image
image
कुलमान र हितेन्द्रको मुद्दामा आज पनि सुनुवाइ हुँने

कुलमान र हितेन्द्रको मुद्दामा आज पनि सुनुवाइ हुँने


काठमाडौं । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय डा। कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइले निरन्तरता पाउनेछ ।

मंगलबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । चुडाल र पाण्डेको इजलासले नै अब अन्तरिम आदेश हुनेरनहुने निर्णय गर्नेछ । यही चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाक्ने आदेश भएको थियो ।

सरकारले चैत १२ गते मन्त्रिपरिषद्को निर्णयबाट कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध कुलमानले चैत १४ गते रिट दायर गरी आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, आफूलाई दिएको अवकाशको पत्र र हितेन्द्रको नियुक्तिसम्बन्धी निर्णय र पत्र बदरसहित तत्काललाई अन्तरिम आदेश माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।