बढ्यो एप्पलको बिक्री, २०२० को अन्तिम त्रैमासमा २१% बढी
काठमाडौँ माघ १५ । कोरोना महामारीले व्यवसायहरु आर्थिक संकटमा परिरहेको बेला एप्पलले भने २०२० को अन्तिम तीन महिनामा बिक्री बढेर अघिल्लो बर्षको भन्दा २१ प्रतिशत बिक्री बढेको जनाएको छ । कोराना महामारीकै कारण अनलाइन सिस्टममाबाट कामहरु बढे सँगै विधुतीय सामग्री आयातमा पनि वृद्धि आएको अनुमान छ ।एप्पलका अनुसार सन् २०२० को अन्तिम त्रैमासमा नाफा बढेर २८.८ अर्ब डलर पुगेको छ जुन गत वर्षको समान अवधिको तुलनामा २९ प्रतिशत बढी हो।
विश्लेषक डान इभिसका अनुसार यो एप्पलको "सुपर साइकल"को सुरुवात हो। आइफोन १२ फाइभ जीका लागि उपयुक्त भएकाले त्यसतर्फ उपभोक्ताको रुझान बढ्नु स्वभाविक भएको र त्यो नै एप्पलको लागि लागि सुनौलो अवसर भएको उनको भनाई छ। यसै गरि एप्प्ल्को व्यापार नेपालमा मात्रै नभई हङकङ र ताइवान लगायत चीनका धेरै भूभाग एप्पलको बिक्री ५७ प्रतिशत बृद्धि भएको र यूरोपमा पनि बिक्री १७ प्रतिशत अमेरिकामा ११ प्रतिशतले बिक्री बढेको पनि एप्पलले जनाएको छ।