बोहराको पार्थिव शरीर भैरहवा लगिंदै, बुधबार पशुपतिमा अन्त्येष्टि गरिने
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि (बुधबार) मात्र हुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय वोहराको पार्थिव शरीरलाई अहिले आज मंगलबार गृहनगर भैरहवा लगिने र आजै साँझ काठमाण्डौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।
‘
बोहराको पार्थिव शरीरलाई अहिले उनको गृहनगर भैरहवा लगिनेछ र आजै साँझ काठमाण्डौं ल्याइनेछ। अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ । स्व.बोहराको भोलि बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।









