image
image
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दोस्रो पटक पनि च्याम्पियन

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दोस्रो पटक पनि च्याम्पियन

काठमाडौं ।  नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

शनिबार सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले जम्मा २५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर च्याम्पिनयको उपाधी हासिल गरेको हो । जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।

पहिलो विकेटका लागि कुशल र अमीतले ७७ रनको साझेदारी गर्दा  आर्मीका लागि शाहब आलमले ३  तथा नरेन साउदले १ विकेट मात्रै हात पार्न सफल भएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेर पुलिस सामु चुनौती खडा गरेको थियो ।

जसअनुसार आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरेका थिए भने कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन मात्रै बनाएका थिए । पुलिस समग्रमा चौथो पटक च्याम्पियन बनेको हो । पुलिस सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा तथा २०१९ र २०२४ मा एकल रुपमा विजेता बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।