image
image
संयमित बन्न र निजी सम्पत्तिमा क्षति नपुर्याउन दुर्गा प्रसाईकोआग्रह

संयमित बन्न र निजी सम्पत्तिमा क्षति नपुर्याउन दुर्गा प्रसाईकोआग्रह


काठमाडौं । तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु भने सुटुक्क  आन्दोलनको मैदानबाट अन्यत्र लागेका छन् । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु भने अन्यत्र लागेका हुन् । 

प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो । यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए ।

उनीहरुले सम्बोधन गर्ने तय भएपन एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो । यससँगै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने भएपनि राजावादी नेतृत्व तयहका नेताहरुले मैदान छाडे । त्यसपछि आन्दोलनकारी नेतृत्वहीन बन्न पुगेर झडप थप उग्र बन्न पुगेको हो । सोही कारण प्रदर्शन हिंसात्मक बन्न पुग्यो । प्रदर्शनकारी तोडफोडमा उत्रिएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाउनुपरेको छ । 

केहीबेर अघि फेसबुकमार्फत संयुक्त आन्दोलनका कमाण्डर समेत रहेका प्रसाईले संयमित बन्न आह्वान गरेका छन् । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका छ्न् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ ।  यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।