भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले निकाल्यो झाँकीसहित जुलुस
काठमाडौं । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चाले भृकुटीमण्डप पुग्नुअघि झाँकीसहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा(रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो ।
समाजवादी मोर्चाका नेता–कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता–कार्यकर्ताहरू आउने क्रमम जारी छ ।









