तीनकुनेमा राजावादीको प्रदर्शन, रिङ्गरोड भित्र छिर्न नदिन प्रमुख लेनमा प्रहरीको बार
काठमाडौं । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो ।
राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ। शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ। प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो।









