image
image
कुलमान घिसिङको रिट न्यायाधीश अव्दुल अजीजको इजलासमा

कुलमान घिसिङको रिट न्यायाधीश अव्दुल अजीजको इजलासमा


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ। सरकारले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्यले पदभार सम्हालिसकेका छन् ।

यस प्रकणमा कुलमानले दिएको मुद्दामा सर्वोच्चले आजका लागि पेसी तोकेको हो । यो रिट सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

कुलमानले दायर गरेको रिटमा भनिएको छ- ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि चार वर्षको अवधि अगावै सेवाबाट हटाउने कार्य नगर्नु र सेवामा रही नियमित कामकाज गर्न नरोक्नु नरोकाउनु, कुनै बाधा व्यवधान नगरी यथावत काम कारवाही गर्न दिनु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।