image
image
छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त

छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त

काठमाडौं ।   आज छुट्टाछुट्टै जनप्रदर्शनले काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त बन्ने देखिएको छ । छुट्टाछुट्टै समूहले काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा सवारी जाम हुने प्रहरीले बताएको छ । 

प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने बताए । ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइनेछ । 

भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन सुरु गरेका छन् । तीनकुनमा  राजावादीहरूको प्रदर्शन गर्दैछन् । विभिन्न ठाउँबाट र्‍याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुने उनको भनाइ छ । 

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ । एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरीको अनुमान छ ।

आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुने र  त्यसका लागि सबै ट्राफिक पालैपालो गरी खटिने गिरीले बताए । भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।