image
image
आज एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने

आज एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पु¥याउने भएको छ । विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ ।

यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ । बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्ध गराइएको छ ।

साथै, विद्यार्थीहरूले सवारी साधनको आपतकालीन आवश्यकता परेमा काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्नेछन् । आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्युन मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।