image
image
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आजदेखि सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आजदेखि सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा आजदेखि महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु भएको छ । मेला चैत १८ गतेसम्म चल्नेछ ।  व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तज र विकासको यात्रामा अघि बढेको बताए ।

उनले पञ्चायतकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरेका छन् ।

कार्यक्रममा वरिष्ठ समाजसेवी अनुराधा कोइरालालगायतलाई प्रधानमन्त्रीबाट सम्मान गरिएको थियो । आजदेखि यही चैत १८ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ । महासंघका अनुसार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्द्धन तथा बजारीकरणका गरिनेछ । विगत एक दशकदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना हुँदै आएको छ ।

व्यापार मेलाको माध्यमबाट महासंघमा आबद्ध नेपालका ७२ वटा जिल्लाका महिला उद्यमी जिल्ला संघहरूमा आबद्ध ५ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुने महासंघले जनाएको छ ।मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जानकारी दिएका छन् । पाँच दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालका ७२ वटा जिल्ला संघबाट महिला उद्यमीहरूको सहभागिता रहेको छ । ।

मेलास्थलमा १४४ वटा बिक्री स्टलहरू राखिएका छन्, जसमा दुईवटा प्याभिलियन, ५८ वटा महिला उद्यमी जिल्लाबाट सहभागि र बाँकी ८२ वटा स्टलहरू स्वदेशी तथा विदेशी महिला उद्यमीहरूलाई उपलब्ध गराइएको छ । करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताहरूबाट मेला अवलोकन हुने तथा आर्थिक कारोबारमा सहभागिता रहने अनुमान गरिएको छ । यो मेलामा करिब २ करोड आर्थिक कारोबार हुने महासंघले अनुमान गरेको छ ।

मेलास्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी ६ प्रकारका स्टलहरू रहनेछन् । मेलालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन गर्ने कार्यमा सहजीकरण गर्नका लागि अमेरिकाको आयोवा स्टेट युनिभर्सिटीका १६ जना विद्यार्थीले स्वयंसेवकको रूपमा सहजीकरण गर्नेछन् । मेलालाई व्यवस्थित गर्न विभिन्न क्याम्पसहरूमा अध्ययनरत थप १० जना नेपाली विद्यार्थीले समेत स्वयंसेवकको रूपमा सहजीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।