image
image
आमिरको गजनीको सिक्वेल बन्ने, १८ बर्ष पछि फिल्म प्रोजेक्ट अन्तिम चरणमा

आमिरको गजनीको सिक्वेल बन्ने, १८ बर्ष पछि फिल्म प्रोजेक्ट अन्तिम चरणमा

काठमाडौं  ।  सन २००५ मा क्रिस्टोफर नोलनको फिल्म मेमेन्टोबाट प्रेरित एआर मुरुगाडोसले तमिल भाषाको एक्शन थ्रिलर गजनी बनाएका थिए, जुन तमिल बक्स अफिसमा सुपर डुपर हिट भयो। यस फिल्ममा सूर्यासँग असिन मुख्य भूमिकामा रहेकी थिइन् । तमिल फिल्मको सफलता पछि यसलाई हिन्दीमा पनि त्यही नामको साथ रिमेक गरियो, जुन क्लासिक बन्यो। हिन्दीमा बनेको गजनीलाई पनि एआर मुरुगा दासले नै निर्देशन गरेका थिए । 

यस फिल्ममा आमिर खानले सूर्याको स्थानमा सूर्यको भूमिका निर्वाह गरेका थिए भने उनी विपरित भूमिकामा थिए । फिल्मले उत्कृष्ट व्यापार गरेको थियो । यो १०० करोडको व्यापार गर्ने पहिलो बलिउड फिल्म बन्न सफल भएको थियो ।  यो चलचित्र रिलिज भएको करिब १८ वर्ष भैसकेको छ र दर्शकले यसको सिक्वेलको माग लामो समय देखी गरिरहेका छन् ।

यसैबिच, गजनीः २ को बारेमा लामो समयदेखि चर्चा भइरहेको छ । सलमान खानको ‘सिकन्दर’ मा व्यस्त रहेका एआर मुरुगादासले हालैको एक अन्तर्वार्तामा गजनीको सिक्वेलको बारेमा ठूलो अपडेट दिएका छन् । बलिउड हंगामाका अनुसार निर्देशकले सिकन्दर बनाउनु अघि नै आमिर खानलाई भेटेको खुलासा गरेका छन् । उनले त्यसका बारेमा छलफलसमेत गरेको जनाएका छन् । खास, उनी गजनीः२ बनाउन खोजिरहेको जनाएका छन ।
 
उनको सिक्वेलको बारेमा केही विचार छ तर अहिले सबै स्टार कास्ट आ–आफ्नो प्रोजेक्टमा व्यस्त भएकाले एकजुट हुन सकिरहेका छैनन् । अब गजनीः २ का लागि एआर मुरुगादास र आमिर खानले कहिले हात मिलाउँछन् त्यो भने हेर्न बाँकी छ । यद्दपी, उनले भनेका छन कि गजनीः२ अब बनाइने छ, जसको मिति चाँडै घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।