image
image
गोल्डेन ट्रेल नेशनल सिरिजको विजेता बनिन् जुम्लाकी राममाया बुढा

गोल्डेन ट्रेल नेशनल सिरिजको विजेता बनिन् जुम्लाकी राममाया बुढा


काठमाडौं ।   हिमाली दुर्गम जिल्ला जुम्लाबाट खेल क्षेत्रमा उदाएकी राममायाले गोल्ड टे«ल नेशनल सिरीज उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन् ।जुम्लाको पातारासी गाउँपालिका–२ की बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी एक ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् ।

राममायाले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन् ।यो जानकारी एसिया पेसेफिक एड्भेन्चर एथलेटिक्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । 

उनको यो सफलताले स्थानीय समुदायमा उत्साह छाएको छ भने देशभरबाट बधाई र शुभकामना दिने शुभचिन्तकहरुको ओइरो लागेको छ ।कैलाश फुगा २७ माइलको प्रतिस्पर्धा निकै कठिन र चुनौतीपूर्ण मानिन्छ र यसमा राममायाको विजयले उनको लगन, मेहनत र दृढ संकल्पलाई उजागर गरेको देखिन्छ ।

यो जितले जुम्लाको पातारासी गाउँपालिकालाई मात्र नभैइ जुम्ला जिल्ला हँुदै कर्णाली प्रदेशको पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ ।राममायाको सफलताले नेपालका ग्रामीण क्षेत्रका युवाहरूलाई खेलकुदमार्फत आफ्नो पहिचान बनाउन प्रेरणा दिने विश्वास गरिएको छ । उनको यो कीर्तिमानले नेपाली महिलाहरूको साहस र क्षमतालाई समेत थप प्रकाशमा ल्याएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।