image
image
युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार

युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार

काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ ।बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ रनले पराजित भएसँगै प्रतियोगितामा रेस्रो हार बेहोरेको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १०२ रन बनाएको थियो ।

नेपालका लागि साना प्रविनले सबधिक ३१ रन बनाएकी थिइन् भने पुजा महतो र कप्तान इन्दु बर्माले १५-१५ रन बनाएका थिए ।यसअघि नामिबियाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । नामिबियाको लागि यसमीन खानले सर्बाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र  विल्का एम्वाटिलले २० तथ् सुने विटम्यानले १५ रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

नेपालले अब विहिबार युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।