image
image
महिला उद्यमी महासंघका सदस्यहरुले अब पहिचानका लागि  ट्रेडमार्क र लोगो पाउने

महिला उद्यमी महासंघका सदस्यहरुले अब पहिचानका लागि ट्रेडमार्क र लोगो पाउने


काठमाडौं । महिला उद्यमी महासंघ नेपालमा आवद्ध सदस्यहरुले अब पहिचानका लागि लोगो पाउने भएका छन् । अध्यक्ष शोभा ज्ञवालीका आनुसार देशैभर रहेका ५ हजार ५ सय दर्ता सदस्यलाई महासंघले म उद्यमी नामको लोगो र ट्रेडमार्क उपलब्ध गराउने भएको छ । 

सोमबार सिंहदरबारमा एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त लोगो अध्यक्ष ज्ञवाली नेतृत्वको महासंघ प्रतिनिधिलाई हस्तान्तरण गरे । महासंघले उक्त लोगो चैतको १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने आठौं अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा काठमाडौंका सदस्यहरुबाट वितिरण सुरु गर्ने तयारी गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । लोगो वितरण भएपछि देशैभर महासंघ आवद्ध महिला उद्यमीहरुको पहिचान हुने र उनीहरुको उत्पादनलाई प्रवर्द्धन र बजारिकरण गर्न सहज हुने ज्ञवालीको दाबी छ ।

सिंहदरबारमा लोगो हस्तान्तरण गर्दै मन्त्री भण्डारीले नेपालमा रहेका महिला उद्यमीहरुले उल्लेख्य काम गरिरहेको भन्दै प्रशंसा गरे । उत्पादित आफ्नो सामग्री स्थापित गराउन उद्यमीले संघर्ष गरिरहेको चर्चा गर्दै मन्त्री भण्डारीले महिला उद्यमीहरुले गरिरहेको काम जटिल र संघर्षपूर्ण रहेको उल्लेख गरे । 

सो अवसरमा महासंघ अध्यक्ष ज्ञवालीले आफ्नो उत्पादनलाई औपचारिक पहिचान दिलाउने ट्रेडमार्क र लोगो हस्तान्तरण कार्यक्रमले आत्मनिर्भरता र उद्यमशीलताको यो यात्रालाई थप उचाइमा पुयाउने विश्वास व्यक्त गरिन् । उनले भनिन्,'यो ट्रेडमार्क र लोगो केवल एउटा चिन्ह मात्र होइन, यो महिला उद्यमीहरूको परिश्रम, सपना र समर्पणको प्रतीक हो। यसले हाम्रो उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न मद्दत गर्नेछ, जसले नेपालकै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ'

महिला उद्यमीहरुलाई प्राप्त अवसरको सदुपयोग गर्न आग्रह गर्दै अध्यक्ष ज्ञवालीले नेपाललाई महिला उद्यमशीलतामा अगाडि बढाउने अभियानलाई थप सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरेकी थिइन् । ज्ञवालीले भनिन्,'यो हाम्रो लागि अवसरको ढोका खुल्ने महत्त्वपूर्ण क्षण हो। अब हामी सबै मिलेर यस अवसरलाई उपयोग गरौं, गुणस्तरमा ध्यान दिऔं, बजार विस्तार गरौं ।' 

महिला उद्यमीहरूको उत्पादनलाई औपचारिक पहिचान दिलाउने ट्रेडमार्क र लोगो प्रिज्मा एडभर्टाइजिङका सिईओ रञ्जित आचार्यले बनाइदिएका हुन् । लोगो हस्तान्तरण कार्यक्रममा महासंघ उपाध्यक्षद्वय बसन्ती प्रधान र सुनिता वैद्य श्रेष्ठ तथा सचिव सुमित्रा पलाञ्चोकीको पनि उपस्थिति थियो ।

यसैबीच महासंघ टोलीले सोमबार नै कृषि मन्त्री र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई पनि भेटेर महासंघको आसन्न मेला सफल बनाउने सम्बन्धमा सुझाव मागेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।