महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव
काठमाडौँ । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन र स्वास्ग्य सामाग्रीको चरम अभाव भएको छ । पर्याप्त मात्रामा अक्सिजन र स्वास्थ्य सामाग्री नहुँदा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको छ ।
महाकाली अस्पतालमा ४० वटा मात्रै अक्सिजन सिलिन्डर छन् ।अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरका अनुसारर अवस्था निकै भयावह छ । एकैजनालाई ३÷४ वटा अक्सिजन सिलिन्डर दिनुपर्ने अवस्था छ । मन्त्रालयसँग अक्सिजन प्लान्टको माग गरिरहेका छौँ । हामीसँग ४० वटा मात्रै सिलिन्डर छ । ३० कोरोना संक्रमितकै उपचारमा प्रयोग छ ।
अध्यक्ष जोशीका अनुसार अस्पतालमा एन्टिजेन किटको समेत अभाव छ । अस्पतालमा अहिले ६५ कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा ६ जना, भेन्टिलेटरमा ६ जना र एचडीयूमा १५ जना छन् । दैनिक संक्रमितको संख्या थपिदै गएसँगै उपचारमा पनि चुनौती थपिएको जोशी बताउँछन् ।