image
image

संसारभरी कोरोनाको आँकडा १५ करोड पार

काठमाडौँ । संसारभरी कोरोना भाइरस संक्रमितको आँकडा १५ करोड पार भएको छ । हालसम्म १५.०२ करोडभन्दा बढी मानिसहरु कोरोनाभाइरसद्धरा संक्रमित भइसकोका छन् । यीमध्ये ३१.६३ लाखभन्दा बढीको मृत्यु भएको छ भने १२.८२ लाख मानिसहरु कोरोना संक्रमणबाट निको भइसकेका छन् । हाल १.९३ करोड मानिसहरुको उपचार चलिरहेको छ । यीमध्ये १.९२ करोड व्यक्तिमा कोरोनाको हल्का लक्षण छन् भने १.१० लाख मानिसहरुको स्थिति गम्भीर छ ।

उता कोरोनाभाइरसको इन्डियन भेरियन्ट संसारको १७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी पछिल्लो हप्ता कोरोनाका ५७ लाख संक्रमित भेटिए । यो आँकडा पहिलो लहरभन्दा निकै धेरै हो । इन्डियन स्ट्रेन वा भेरियन्टका कारण भारतमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । डब्ल्यूएएओले यसलाई भेरियन्ट अफ इन्टरेस्ट घोषित गरेको छ ।

पछिल्लो २४ घण्टामा संसारभरी ८ लाख ८५ हजार ६०४ संक्रमितको पहिचान भयो र १५,२८४ मानिसहरुको मृत्यु भएको छ । नयाँ संक्रमितको कुरा गर्नुपर्दा सोमबार संसारभरीबाट आएको केसको ४२ प्रतिशत संक्रमित भारतमा भेटिए । यहाँ ३ लाख ७९ हजार ४५९ मानिसहरुमा कोरोनाको पुष्टि भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।