image
image
प्रिमियर लिग : आर्सनल र सिटीको जित, चेल्सीको हार

प्रिमियर लिग : आर्सनल र सिटीको जित, चेल्सीको हार

काठमाडौं - प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ। आर्सनलले शनिबार राति लेस्टरलाई २-० ले पराजित गरेको हो। लेस्टरको घरेलु मैदानमा भएको खेलमा आर्सनलका दुवै गोल मिकेल मोरिनोले गरेका थिए।मोरिनले खेलको अन्तिम समयतिर गोल गरेका थिए। उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेर टिमलाई जिताए।

आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ। लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ।शनिबारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को हार व्यहोरेको छ।

म्यानचेस्टर सिटीले न्युक्यासललाई ४-० ले हराएको छ। शनिबारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले।प्रिमियर लिगमा शीर्षस्थानमा लिभरपुल छ। उसको ५७ अंक रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।