image
image
धोेकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान

धोेकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान

 

काठमाडौं, २५ माघ। गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्।शुक्रबार  ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्।'धोकेबाज मलाई भनेको कि  गीत? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,' उनले भनिन्।

दर्शकले धोकेबाज गीत वान्समोरभन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन्। उनले यो पढ्ने बेला भएकाले प्रेममा नपर्न सुझाएकी थिइन्।यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। 'भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन।  मलाई धोकेबाज धेरै गाउने मुड छैन,' उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।

यसका साथै उनले तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौं तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौं, दुश्मन हेरेको हेरेई, मिनरल वाटरलगायत आधिदर्जन गीत गाएकी थिइन्। गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध गत शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।