image
image
खैरो हेरोइनसहित १ जना पक्राउ

खैरो हेरोइनसहित १ जना पक्राउ


काठमाडौं ।  पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना मानिस लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा सोमवार जारी सूचनामा उल्लेख गरिएको छ। उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आईतवार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको सूचनामा भनिएको छ।

गत शनिवार दिउँसो बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर– ४ चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। पछील्लो समय जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका आसपास युवाहरुमा लागुऔषध सेवनको दुर्व्यसन बढ्दै गएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।