image
image
अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरु बन्द

अत्यधिक चिसो बढेपछि रौतहटका विद्यालयहरु बन्द

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बिदा दिइएको छ । केही दिनदेखि रौतहट लगायत तराईका विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु र शितलहरले अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाले विद्यालयहरु बिदा दिने निर्णय गरेको हो ।

चिसोबाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु प्रभावित भएको भन्दै  चन्द्रपुर नगरपालिकाले  माघ १३ गतेदेखि तीन दिनसम्म नगरभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ  । 

केहि दिनदेखि शितलहर तथा चिसो अत्याधिक बढेको हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सकिने प्रतिकूल असरलाई मध्यनजर राख्दै बर्षे विदाबाट कट्टा हुने गरी माघ १३ देखि माघ १५ गते सम्म विद्यालय बन्द राख्न भएको निर्णयलाई कार्यान्वयन गराउन निर्देशन जारी गरेको नगरप्रमुख संजयकुमार काफ्लेद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ । 

माघ १६ र १७ गते पनि बिदा भएकाले अब विद्यालयहरु माघ १८ गते खुल्ने जनाइएको छ । यसअघि जिल्लाका अधिकाँश पालिकाहरु विद्यालयहरु एक साताको लागि बन्द गरिसकेका छन् ।केहि दिन यता देखि तराई मधेशका जिल्लाहरुमा ह्वातै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।