image
image

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

जाजरकोट - कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ ।

जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा यो पाइने भए पनि डोल्पाको जति राम्रो नभएको बारेकोट–५ का जनकबहादुर शाहीले जानकारी दिए । खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जङ्गलमा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको इमान गुरुङले बताए। गुरुङजस्तै वडा नं ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेका छन् ।

दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु बर्सेनि जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउँछन् । अहिले जेठो १० र कान्छो ७ कक्षामा काठमाडौँ पढ्दैछन् । जिम्बु, भोटेजिरा बिक्री गरेर आएको पैसाबाट पढाइ खर्च पठाइरहेको उनको भनाइ छ । उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका बस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ थियो । उपल्लो डोल्पाको हिमाली भागमा चौँरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा बास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो बास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ । यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन् ।

भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ । यहाँका अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन् । जिम्बु प्रतिमाना ५० मा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ । बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा संलग्न हुन्छन् । जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गर्दै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए । कर लगाउने भने पनि ठूलो मात्रामा व्यावसायिक अभ्यास शुरु नभएका कारण करको दायरामा ल्याउन अझै समय लाग्ने न्यौपानेको भनाइ छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चटनीमा अत्यधिकरुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ । प्रतिकेजी ५०० देखि ७०० सम्म पर्ने यो भोटे जिरा ‘अर्गानिक’ मानिन्छ । स्थानीयवासीले भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।