image
image
अल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतवार प्रहरी चौकी जानु नपर्ने

अल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतवार प्रहरी चौकी जानु नपर्ने


काठमाडौं । नामपल्ली अदालतले ‘पुष्पा २’ भागदौड मामिलामा अल्लु अर्जुनलाई धेरै छुट दिएको छ । तेलुगु सुपरस्टारका फ्यानको मृत्युलाई लिएर समस्याको अन्त्य हुने कुनै संकेत नदेखिने जनाइरहेको बेला अल्लु अर्जुनलाइ धेरै राहात हुने गरी अदालतले छुट दिएको छ । उनलाई गत महिना पनि पक्राउ गरिएको थियो तर पछि उनले जमानत पाएका थिए ।

 अहिले अदालतले अभिनेतालाई धेरै छुट दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शनिबार ‘पुष्पा २’का कलाकारले हरेक आइतवार चिक्कडपल्ली प्रहरी चौकीमा जानु नपर्ने खबर आएको छ । जसअनुसार अब अदालतले अभिनेतालाई हरेक आइतवार प्रहरी चौकीमा हाजिर हुनु पर्ने भन्ने यसअघिको आदेश अहिले खारेज भएको छ । अल्लु अर्जुनको कानुनी टोलीले सुरक्षाको कारण देखाएर यो छुट दिएको हो । साथै, अब अल्लु अर्जुनलाई विदेश भ्रमणको पूर्ण स्वतन्त्रता मिलेको छ ।

उल्लेखनीय छ, ‘पुष्पा २’ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । प्रिमियर शोमा अल्लु अर्जुन कारबाट बाहिर निस्कनेबित्तिकै भीड नियन्त्रणबाहिर गयो । जुन घटनामा एक महिलाको मृत्यु भएको छ भने छोरा गम्भीर रूपमा घाइते हुन पुगेका थिए । ती बालकको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ ।

अल्लु अर्जुनका वकिलले सुरक्षाको कारण देखाउँदै अभिनेताका लागि अदालतमा छुट मागेका थिए, अब अदालतले यो अपिलको सुनुवाइ गरेको उनीहरूले जनाएका छन । जसकाकारण अब अल्लु अर्जुन हरेक आइतबार प्रहरी चौकीमा हाजिर हुनुपर्ने छैन । यति मात्र होइन, उनको विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।

यो राहत अर्जुनको लागि ठूलो टर्निङ प्वाइन्ट हो, किनकि उसले प्रहरीसमक्ष आफ्नो उपस्थिति दर्ता गरिसकेको थियो। गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको जुबली हिल्सको घरबाट प्रहरीले पक्राउ गरिएको थियो । नामपल्ली अदालतले पनि उनलाई १४ दिन हिरासतमा लिएपछि उच्च अदालतले ४ साताको अन्तरिम जमानत दिएको थियो । १४ डिसेम्बरमा चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएपछि अभिनेताले ३ जनवरीमा नामपल्ली अदालतबाट दुई पटक ५०–५० हजार रुपैयाँ धरौटीमा नियमित जमानत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।