image
image
नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने

नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने

काठमाडौँ -नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको नेपाली क्रिकेटर सन्दीप लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको बताएका हुन् ।

‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ’, उनले लेखेका छन् । ‘हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ’, उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।