image
image
आजदेखि सुरु हुँदै ललितपुर मेयर कप भेट्रान फुटबल

आजदेखि सुरु हुँदै ललितपुर मेयर कप भेट्रान फुटबल

काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ। प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका अनुसार एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ।

विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ। पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।