image
image

एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा


काठमाडौं । जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो ।

टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली–नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश० को सहभागिता रहने छ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । जनकपुर र वीरगंजमा हुने प्रतियोगितामा बागमती प्रदेशको लिगका सबै खेल जनकपुरमा हुनेछ । बागमतीले उद्घाटनकै दिन मधेश प्रदेशको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।