image
image
आजदेखि पोखरामा शुरु भयो ड्रागन डुंगा दौड प्रतियोगिता

आजदेखि पोखरामा शुरु भयो ड्रागन डुंगा दौड प्रतियोगिता


काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि शुरु भएको छ । नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा शुरु भएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा पाल, चीन र सिङ्गापुरका२० वटा समूह सहभागी छन् । सोमबारसम्म संचालन हुने प्रतियोगितामा भाग लिन  चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् ।  

प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।  

प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।