image
image
मोन्टी देसाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै

मोन्टी देसाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाई हट्ने भएका छन् । देसाईको सम्झौता नहुने भएसँगै उनी भारत फर्किने निश्चित भएको हो ।


नेपाल क्रिकेट संघ (क्यान)का एक अधिकारीले भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी भएको पुष्टि गरे ।

देसाईसँगको सम्झौता सकिएको र राष्ट्रिय टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको परिस्थितिमा उनको सम्झौता नवीकरण नहुने भएको हो ।


क्यानका ती अधिकारीले भने, ‘देसाईलाई पहिले नै हटाउने कुरा थियो तर, क्यानले उनलाई केही समय दिएको हो । क्यानको अबको कार्यसमिति बैठकबाट सम्झौता रद्द हुनेछ ।’

देसाई २ वर्षदेखि नेपाली टिमको मुख्य प्रशिक्षक छन् । त्यसअघि उनले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।

राष्ट्रिय टिममा देसाईको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

तर पछिल्लो समय नेपाली टिमले खराब प्रदर्शन गरिरहेको छ । लिग २ अन्तर्गत मोन्टीको प्रशिक्षकत्वमा नेपालले पछिल्लो १२ खेलमध्य मात्रै २ खेलमा जित निकालेको छ । यसैगरी थप २ खेल नतिजाविहीन भएको थियो । ८ टोली सहभागी लिगमा नेपाल १२ खेलबाट ६ अंक जोडेर तालिकाको पुछारबाट तालिकाको दोस्रो स्थानमा छ ।

देसाईको बहिर्गमनसँगै क्यानले नयाँ प्रशिक्षकको खोजी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।