image
image

कोरोना कहर: गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

काठमाडौं,  नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका–८ बालकुमारीका जनकमान जोशीलाई चार महिनाअघि कोरोना पोजेटिभ देखियो । युट्युव, पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत गुर्जोको चर्चा सुनेपछि धुलो र चिया नियमित सेवन गरेको १४ दिनपछि ठीक भएको उनले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटलाई सम्पर्क गरेर उनले गुर्जोको धुलो र चिया माग गरेका थिए । रोग प्रतिरोधी क्षमता बढाउने वनस्पतिका रुपमा परिचित गुर्जोका परिकारले कोरोनाका साथै अन्य स्वास्थ्य समस्या समाधानका लागि सहयोग गरेको जोशीको भोगाइ छ ।


सिराहा लाहानका बेचुलाल श्रेष्ठको परिवारमा छोरा, बुहारी र नातिलाई कोरोना पोजेटिभ देखियो । परिवारका तीन जनामा कोरोना देखिएपछि डराउनुभएका श्रेष्ठले गुर्जोले कोरोनाबाट बचाउन सहयोग गर्छ भन्ने सुनेका थिए । उहाँले पनि राजलवटसँग सम्पर्क गरेर गुर्जोका परिकार लिए । कोरोना हुने र नहुने परिवारका सदस्यले नियमित सेवन गरेपछि ठीक भएको उनले सुनाए ।

परिवारमा सङ्क्रमण भेटिएपछि सबै जना एकान्तवासमा बसेर नियमित गुर्जोका परिकार सेवन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको श्रेष्ठले बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं.१ (क) बाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले भने गुर्जोसँगै तातो पानी पिउने, वाफ लिने र पौष्टिक आहार सेवन गर्न थालेपछि कोरोना भगाउन सफल भएको बताए । कोरोनाले स्वास्थ्यमा अप्ठ्यारो भने पारेको उनको अनुभव छ ।

कोरोना बढेपछि मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जना सदस्यलाई कोरोना पोजेटिभ देखियो । यो खबर सुनेपछि गुर्र्जो चिया र गुर्र्जो सहितको धुलो औषधी ललितपुरको सुनाकोठीस्थित घरमै पुगेर दिइएको अभियानकर्मी राजलवटले सुनाए । कलाकार श्रेष्ठलाई अक्सिजन बढाउन तथा फोक्सोलाई बलियो बनाउन सहयोग हुने प्राणायम पनि गराइएको योग शिक्षकसमेत रहनुभएका उनले बताए । श्रेष्ठसँगै उनको सबै परिवारलाई गुर्जोको ओषधीसँगै प्राणायामको विशेष प्रकार पनि सिकाइएको थियो ।

राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आएका छन् । यसअघि राजश्व कार्यालय लाहानको प्रमुख रहेका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गरेका हुन् ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उनले सुनाए । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब दुई लाख मानिसलाई खुवाइएको राजलवट बताउछन् । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।