image
image
बागमती प्रदेश लिग फुटबलः आज दुई खेल हुँदै

बागमती प्रदेश लिग फुटबलः आज दुई खेल हुँदै

मकवानपुर  । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डि मा रहेको बट्टर युथ क्लब नुवाकोटले टाइगर टिम दोलखाको सामना गर्नेछ । मध्यान्ह् १२ः३० बजेबाट सुरु हुने खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ ।

यस्तै आजै दिउँसो ३ः०० बजेबाट सुरु हुने दोस्रो खेलमा समुह ए मा रहेका थिमी युथ क्लब भक्तपुर र ब्लु अल्पाइन सिन्धुलीबिच प्रतिष्पर्धा हुँदैछ । दुबै टोली उच्च मनोबल लिएर मैदान उत्रिँदै छन् । यसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्दे सुखद शुरुवात गरेको थियो ।

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।