image
image
इंग्लिस प्रिमियर लिगः  म्यानचेस्टर सिटी हारको अर्को कीर्तिमान

इंग्लिस प्रिमियर लिगः  म्यानचेस्टर सिटी हारको अर्को कीर्तिमान

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगको साविक बिजेता क्लब म्यानचेस्टर सिटीले अर्को हारको कीर्तिमान लेखाएको छ। जारी सिजनको प्रिमियर लिग चलिरहँदा हारको कीर्तिमान रचेको सिटी शनिबार राति एस्टन भिल्लासँग हारेको हो। १७ खेलमा नवौं पटक पराजित हुँदा भिल्लाले सिटीलाई २–१ गोलले हरायो।

खेलको १६ मिनेटमै भिल्लाले सिटीलाई गोल हानेको थियो। भिल्लाका डुरानको गोलबाट अग्रता लिएको भिल्लाका लागि अर्को गोल रोगेर्सले ६५ मिनेटमा थपेका थिए।सिटीका फोडेनले खेलको इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सिटीले सकेन। यो जितसँग भिल्ला १७ खेलमा २८ अंकसहित लिगको पाँचौं स्थानमा छ। सिटी समान खेलमा २७ अंकसहित छैटौं स्थानमा छ।

लिगको तेस्रो स्थानमा रहेको आर्सनलले शनिबार राति नै क्रिस्टल प्यालेसलाई ५–१ गोलले पराजित गरेको छ।अरू खेलमा न्युक्यासलले इप्स्वीचलाई र नटांघटम फरेस्टले ब्रेनफोर्डलाई पराजित गरेको छ। वेस्टह्याम र ब्राइटन १–१ गोल बराबरीमा रोकिएका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।