image
image
वैदेशिक रोजगारमा गएकाहरुले गरेनन् अपेक्षित र नियमित रुपमा रकम जम्मा

वैदेशिक रोजगारमा गएकाहरुले गरेनन् अपेक्षित र नियमित रुपमा रकम जम्मा


काठमाडौं । सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिकहरुले अपेक्षित र नियमित रुपमा रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेपनि रकम जम्मा गर्नेहरुको संख्या अपेक्षित रुपमा बृद्धि भएको छैन ।

मंसिर अन्तिम हप्तासम्ममा १३ लाख १ हजार ७८ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर वैदेशिक रोजगारमा गएको तर, अहिलेसम्म ६० हजार श्रमिकले मात्र योगदान रकम नियमित जम्मा गरेको पाइन्छ । सूचीकृत भएका १३ लाख श्रमिकमध्ये ६० हजारले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् । 

आवद्ध भएका श्रमिकले हालसम्म ३ अर्ब २ करोड ४७ लाख रुपैयाँभन्दा बढी योगदान रकम जम्मा गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ । श्रम स्वीकृतिका बेला सूचीकरण भएका १२ लाख ४१ हजार ७८ श्रमिकको योगदान नियमित छैन । योगदान रकम नियमित नभएका श्रमिक समस्यामा पर्दा कोषबाट सुविधा नपाएको गुनासो आउने गरेको छ ।

वैदेशिक रोजगारमा जाने नयाँ वा पुनः श्रमस्वीकृति लिँदा श्रमिकले २०७९ साल मंसिरदेखि सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने नियम रहेको छ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला, श्रमस्वीकृति नवीकरण गर्ने बेला योजनामा अनिवार्य समावेश हुनुपर्ने प्रावधान छ । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ रुपैयाँ बुझाउनु पर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।