image
image
पुष्पाः २ अभिनेता अल्लु अर्जुन पुनः पक्राउ पर्ने सक्ने, सर्वोच्च अदालत जाँदै स्थानिय प्रहरी

पुष्पाः २ अभिनेता अल्लु अर्जुन पुनः पक्राउ पर्ने सक्ने, सर्वोच्च अदालत जाँदै स्थानिय प्रहरी

काठमाडौं । अल्लु अर्जुनको ‘पुष्पा २’ को प्रिमियरमा फ्यानको मृत्युको विषयमा फेरी ठूलो खबर बाहिर आएको छ । तेलंगाना पुलिस अधिकारीहरूले अब यस मामलामा अभिनेता अल्लु अर्जुनलाई दिइएको अन्तरिम जमानतलाई चुनौती दिन सर्वोच्च अदालतमा जाने संकेत गरेका छन् ।

हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २ः द रुल’ को स्क्रिनिङका क्रममा एक महिलाको मृत्यु भएको मामिलामा गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई पक्राउ गरिएको थियो। गत ४ डिसेम्बरमा फिल्मको प्रिमियरको क्रममा अल्लु अर्जुन र संगीत निर्देशक देवी श्री प्रसादको अचानक आगमन पछि हैदराबादको सन्ध्या थिएटरमा ठूलो भीड जम्मा भएको थियो। उक्त भागदौडका क्रममा थिएटरको मुख्य गेट भत्किँदा अराजकता मच्चिएको थियो । दुर्घटनामा ३५ वर्षीया महिलाको मृत्यु भएको छ भने उनका ९ वर्षीय छोरा गम्भीर घाइते भएका थिए ।

सोही केसमा उनलाइ पक्राउ गरिएको थियो । स्थानिय अदालतले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिए पनि तेलङना उच्च अदालतले उनलाइ ५० हजारको व्यक्तिगत धरौटीमा ४ हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । सोको बिरूद्द स्थानिय प्रहरी पुनः सर्वोच्च अदालत जान लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिनेताले आफ्ना वकिलको सहयोगमा उच्च अदालतमा जमानतको निवेदन दिएका थिए । उनलाई ५० हजारको व्यक्तिगत धरौटीमा ४ हप्ताको लागि अन्तरिम जमानत दिइए पनि कागजी काममा ढिलाइका कारण अल्लु अर्जुनले एक रात प्रहरी चौकीमा बिताउनु परेको थियो भने शनिबार बिहान उनी रिहा भएका थिए ।

जमानत पाएपछि अल्लु अर्जुनको सो घटनाका बारेमा बयान दिएका छन् । उनले सो घटनालाई ‘धेरै दुर्भाग्यपूर्ण’ भनेका छन् । तेलुगु सुपरस्टारले एक विज्ञप्तिमा भने, ‘म सबैलाई धन्यवाद दिन्छु, यो घटना धेरै दुर्भाग्यपूर्ण थियो, हामी जे भए पनि धेरै दुःखी छौं, हाम्रो विचार परिवारसँग छ, यो कसैलाई नहोस् भनेर म समर्थन गर्न तयार छु परिवार हरेक हिसाबले, म सबैप्रति आभारी छु।’ उनले उचित समयमा पीडित परिवारलाइ भेटने प्रतिबद्दता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।