image
image
एनपीएलःपोखरामाथि काठमाडौंको फराकिलो जित

एनपीएलःपोखरामाथि काठमाडौंको फराकिलो जित

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । काठमाडौंका ओपनर स्टेफेन इस्किनाजीले अर्थशतक पूरा गरे । उनले ३४ बलमा ६० रन बनाएर आउट भए । काठमाडौंका लागि स्टेफेन र माइकल लेभिटले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । लेभिटले ३२ रन बनाए ।

भीम सार्की २२, कप्तान करण केसी १ रनमा आउट हुँदा गेरहार्ड इरास्मस २५ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले ३ र माइकल लिस्कले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाउँदा दिनेश खरेलले ३८ रनको योगदान दिए ।

दिलिप नाथ २७ र कप्तान कुशल भुर्तेल ७ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसी र रसिद खानले समान ३–३ विकेट लिए । गेरहार्ड इरास्मसले एक विकेट लिन सफल भए । यस खेलमा विजयी काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । काठमाडौंले अन्तिम खेलमा आइतबार विराटनगर किंग्ससँग खेल्ने छ । पराजित पोखराको पनि प्लेअफ प्रवेसको अंक गणितीय सम्भावना कायमै रहेको छ । पोखराको अन्तिम खेलमा आइतबार सुदूरपश्चिम रोयल्स हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।