image
image
एनपिएल पोखराले काठमाडौंलाई दियो १ सय ३९ को लक्ष्य

एनपिएल पोखराले काठमाडौंलाई दियो १ सय ३९ को लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ ।टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो । पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।

आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।

१७औं ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो । १९औं ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए । यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।