image
image
एनपिएलः विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

एनपिएलः विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । 

विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भएको हो । दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।