image
image
एनपिएलः आज पनि दुई खेल हुँदै

एनपिएलः आज पनि दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुने छन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । 

आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जित हात पारेका थिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

यस्तै, आज दोस्रो खेल काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुदैँछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ४ जित र १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली बन्ने छ । 

जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग भने पराजित भएको थियो । ४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हासिल गरे काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाउँन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।