image
image
जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ : स्वास्थ्यमन्त्री पौडेल

जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताएका छन् । बुधबार राष्ट्रिय जनसंख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘खासगरी जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ । त्यसैले जनसंख्या प्राथमिकता होइन प्रमुख प्राथमिकतामा पर्नुपर्ने विषय हो । स्वास्थ्य तथा जनसङ्ख्या भन्दा त ५० प्रतिशत  स्वास्थ्य र ५० प्रतिशत जनसंख्या बुझ्नुपर्ने हो । तर हाम्रो मन्त्रालयमा जम्मा ११ जना विभागमा हुनुहुन्छ । ११ जना पनि खासै विज्ञ लिने त्यसको अतिरिक्त योग्यतामा भएका मात्र राख्ने भन्ने छैन ।’

साथै उनले नेपालको सबै जनसंख्या सम्बन्धी काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपर्ने हो या स्वास्थ्यसँग जोडिने तर जनसंख्याको  विषयको  काममात्र गर्नुपर्ने हो यो  छु्ट्याउन आवश्यक रहेको बताए । उनले नेपालको सबै जनसंख्याको काम तथ्यांक विभागले गर्नुपर्ने र त्यसमा विश्वविद्यालका डिपाटमेण्टहरु जोडिनुपर्यो, राज्यका जति पनि जनसंख्या सम्बन्धी मेकानिजम छ त्यो  सबै एक ठाउँमा जोडिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।