बढ्यो मोबाईल आयात , ६ महिनामा भित्रियो २० अर्ब बढीको मोबाईल सेट
काठमाडौँ । चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक (साउनदेखि पुस) सम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सो परिमाणको मोबाइल सेट आयातका लागि नेपालबाट २० अर्ब ६३ करोड रूपैयाँ बाहिरिएको छ। फोन भित्रिएबापत सरकारलाई ३ अर्ब २६ करोड रूपैयाँ राजश्व उठेको छ। विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब ७ लाख सेट मोबाइल बढी आयात भएको छ।
गत वर्ष साउनदेखि पुससम्ममा २९ लाख ६८ हजार सेट मोबाइल आयात भएको थियो। कोरोना महामारीपछि मोबाइल आयात बढेको व्यवसायीहरू बताउँछन्। एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको हो।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्। तीमध्ये चीन, भारत र भियतनामबाट बढी मोबाइल सेट आयात हुने गरेको छ। १३ अर्ब ४० करोड मूल्य बराबरको ३० लाख २० हजार सेट चिनियाँ फोन छन्।
दोस्रोमा, भारतबाट ६ अर्ब ४४ करोड मूल्य बराबरको ४ लाख ६० सेट आएको छ। तेस्रोमा भियतनामबाट ६४ करोड ८९ लाख मूल्य बराबरको १ लाख ८० हजार सेट आएको विभागको तथ्यांकले देखाएको छ। अन्य ३९ देशबाट भने थोरै संख्यामा मोबाइल आएका छन्। विभागको तथ्यांकअनुसार नेपालमा ४२ वटा देशबाट फोन आएको छ।
पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।