image
image
एनपीएलका लागि भारतका शिखर धवन नेपालमा, कर्णाली याक्ससँग जोडिए

एनपीएलका लागि भारतका शिखर धवन नेपालमा, कर्णाली याक्ससँग जोडिए

काठमाडौँ - भारतका प्रख्यात क्रिकेट खेलाडी शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाल र सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका हुन्।

३८ वर्षीय धवन भारतका चर्चित बायाँ हाते ओपनर हुन्। उनले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद, र पञ्जाव किंग्सबाट आईपीएल खेलेका छन्। सन् २०१६ मा हैदरावादलाई आईपीएल उपाधि दिलाएका धवन भारतलाई एसीसी एसिया कप जिताउन पनि योगदान गरेका छन्। एनपीएलमा सहभागी हुने उनी अहिलेसम्मकै चर्चित खेलाडी हुन्।

कर्णाली याक्सले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। वेस्ट इन्डिजका चादविक वाल्टन, हङकङका बाबर हायात, र ओमानका जिसन मक्सूद टोलीमा छन्। नेपाली टोलीबाट गुल्सन झा, देव खनाल, नन्दन यादवलगायत खेलाडी छन्। ट्यालेन्ट हन्टबाट चयन भएका विपिनप्रसाद शर्मा आइकोनिक प्लेयरका रूपमा सहभागी छन्।

कर्णाली याक्सले स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ र सिसन बानियाँलाई ‘युथ एम्बेस्डर’ बनाएको छ। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुनेछ, जहाँ कर्णाली याक्सले पहिलो खेल जनकपुरसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।