image
image
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन

जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन

काठमाडौं ।   जापानको ओसाकास्थित बाथटब तथा शावरहेड बनाउने कम्पनीले मान्छे धुने मेशिन बनाएको छ । साइन्स कम्पनीले मिराई निन्गेन सेन्ताकुकी अर्थात् मान्छे धुने मेशिन बनाएको छ ।

सन् १९७० को ओसाका कान्साई एक्पोमा जापानी प्रविधि कम्पनी सान्यो इलेक्ट्रिक कम्पनी (अहिलेको पानासोनिक होल्डिङ्स कर्पोरेसन)ले विश्वको पहिलो मान्छे धुने मेशिन सार्वजनिक गरेको थियो । अन्डाकार र बबल प्रविधियुक्त यो यन्त्रले त्यतिबेला मान्छेको ध्यान निकै खिचेको थियो । यही मेशिन हेर्न कम्पनीको बुथमा मान्छेको ओइरो लागेको थियो ।


यहि भिडमा थिए चार कक्षामा पढ्ने यासुआकी आयोयामा । अहिले यिनै आयोयामा साइन्स कम्पनीका अध्यक्ष बनेका छन् । उनको कम्पनीले बाथटब र शावरहेड बनाउने गरेको छ ।

यही वर्ष आयोयामाले मान्छे धुने अत्याधुनिक मेशिन लञ्च गर्ने तयारी गरिरहेका छन् । सन् १९७० को एक्सपोको ‘लेगासी’ को रुपमा आफूहरूले नयाँ मेशिन ल्याउन लागेको हालै पत्रकारहरू समक्ष बोल्ने क्रममा आयोयामाले भनेका थिए ।

मेशिनको अपडेटेड मोडल सन् २०२५ को अप्रिलमा हुने ओसाका कान्साई एक्सपोमा प्रदर्शनमा राखिने पनि उनले बताएका छन् । सन् १९७० को ह्यूमन वाशिङ मेशिनमा प्रयोगकर्तालाई सफा पारिदिन ठुलो एयर बबल निकाल्न र उनीहरूको मसाजका लागि प्लास्टिक बल निकाल्न अल्ट्रासाउन्डको प्रयोग गरिएको थियो ।

अहिले कम्पनीले बनाउन लागेको मेशिनमा भने साना, माइक्रोस्कोपिक एयर बबल प्रयोग गरिएको छ । यसमा सही तापमान कायम राख्नका लागि प्रयोगकर्ताको नाडीको चाल र अन्य डेटा मापन गर्न विशेष सेन्सर जडान गरिएको छ ।

यसमा भएको एआई सिस्टमले प्रयोगकर्ता शान्त छ वा आत्तिएको वा रोमाञ्चित छ भन्ने निर्धारण गर्न सक्ने बताइएको छ । कम्पनीले बनाएको ह्युमन वाशिङ मेशिनले कसरी काम गर्छ भनेर हेर्न बाँकी नै छ ।

आगामी वर्षको ओसाका एक्सपोमा प्रदर्शनको समयमा यो मेशिनबाट हजार जनासम्मलाई नुहाउन दिइने आशा कम्पनीले गरेको आयोयामाले भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।