image
image
वीर अस्पतालमा बिचौलियालाई प्रवेश निषेध, कानुनी कारबाहीको चेतावनी

वीर अस्पतालमा बिचौलियालाई प्रवेश निषेध, कानुनी कारबाहीको चेतावनी

काठमाडौं । वीर अस्पतालले अस्पतालको वार्डमा औषधि प्रचार गर्ने बिचौलियाहरूसम्मको पहुँचलाई रोक लगाएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई औषधि पसलको नाम र ठेगानासहित कार्ड दिने बिचौलियाका गतिविधि बढेपछि प्रशासनले यस्ता व्यक्तिहरूलाई अस्पताल प्रवेश गर्न नदिने निर्णय गरेको हो।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने, “हामीले यस्ता शंकास्पद व्यक्तिहरूलाई अस्पताल परिसरमा रोक लगाएका छौं। यस्ता व्यक्ति भेटिएको खण्डमा कानुनी कारबाही गरिनेछ।” साथै, अस्पतालले सुरक्षा गार्ड र प्रहरीलाई यस्ता व्यक्तिहरूको सूचना दिने अपील पनि गरेको छ।

अस्पताल प्रशासनले स्वास्थ्य बीमा र अन्य बिरामीलाई औषधि र औषधिजन्य सामान सिफारिस नगर्न र अस्पतालको फार्मेसीबाट उपलब्ध गराइएका सामग्री मात्रै प्रयोग गर्न चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।