image
image
विभिन्न सहरहरुमा हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो

विभिन्न सहरहरुमा हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो

काठमाडौं । काठमाडौंलगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढ्न थालेको छ । हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो छ । विहीबार काठमाडौं उपत्यकाको रत्नपार्क र खुमलटार क्षेत्र अस्वस्थकर’को वर्गमा परेको छ भने चितवनको भरतपुर सबैभन्दा ‘प्रदूषित’ सहरका रुपमा देखिएको छ । पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ ।

रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यसअघि काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको थियो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा ४२ हजार १ सय र काठमाडौंमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण भएको अध्ययनहरुले देखाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।