image
image
इजरायल–हिजबुल्लाहबीचको युद्धविराम सम्झौतालाई  विश्वनेताले गरे स्वागत

इजरायल–हिजबुल्लाहबीचको युद्धविराम सम्झौतालाई  विश्वनेताले गरे स्वागत


काठमाडौं । इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीच बुधबार बिहानदेखि लागू भएको युद्धविराम सम्झौतालाई विश्वका नेताहरूले स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायल र लेबनानबीचको युद्धविरामले इजरायललाई इरान समर्थित लडाकू समूह हिजबुल्लाहको खतराबाट जोगाउने र ‘स्थायी शान्ति’को वातावरण सिर्जना गर्ने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामले तत्कालका लागि हिंसाको अन्त्य गरेको र यो ‘स्थायी शान्ति’मा परिणत हुने विश्वास व्यक्त गरेका छन् ।

’मंगलबार रातिको घोषणाले लेबनानमा जारी युद्ध अन्त्य गर्नेछ र इजरायललाई हिजबुल्लाह र लेबनानबाट सञ्चालित अन्य आतङ्कवादी सङ्गठनको खतराबाट जोगाउनेछ,’ अमेरिकी राष्ट्रपति बाइनन र उनका फ्रान्सेली समकक्षी म्याक्रोनद्वारा जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।संयुक्त राज्य अमेरिका र फ्रान्सले ‘यो व्यवस्था पूर्णरूपमा कार्यान्वयन सुनिश्चित गर्न’ सहयोग गर्नेछन् र लेबनानी सेनाको ‘क्षमता–निर्माण’ को लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गर्नेछन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति बाइडनलाई युद्धविराम सम्झौतामा सहजीकरण गरेकोमा धन्यवाद दिएका छन् ।इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार ‘इजरायलले यसलाई लागू गर्न आफ्नो कार्यगत स्वतन्त्रतालाई प्रयोग गर्नेछ भन्ने अमेरिकी राष्ट्रपति बाइडनको भनाइ र बुझाइको नेतन्याहुले प्रशंसा गरेका छन् ।

इजरायलले सम्झौतालाई अनुमोदन गर्नुअघि नेतन्याहुले युद्धविरामको अवधि लेबनानमा के हुन्छ त्यसमा निर्भर गर्दछ र युद्धविरामले इजरायललाई हमासमाथि ‘दबाब बढाउन’ र ‘इरानी खतरा’ मा ध्यान केन्द्रित गर्न अनुमति दिने बताएका छन् ।

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले युद्धविराम यस क्षेत्रमा स्थिरता कायम गर्ने दिशामा ‘आधारभूत कदम’ भएको बताएका छन् ।मिकाटीले यसद्धबिराममा फ्रान्स र अमेरिकाको पहलकाका लागि धन्यवाद दिँदै दक्षिणमा सेनाको उपस्थिति लाई मजबुत बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए ।

यसैबीच, हिजबुल्लाह र हमास दुवैको समर्थक इरानले युद्धविराम लागू भएपछि लेबनानमा इजरायलको ‘आक्रामकता’ अन्त्य भएको भन्दै युद्धविरामको स्वागत गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बागाईले लेबनानविरुद्ध इजरायलको आक्रामकता अन्त्य भएको खबरलाई स्वागत गर्दै लेबनान, त्यहाँको सरकार र आवश्यक प्रतिरोधका लागि इरानको दृढ समर्थन रहेको बताए ।चीनले लेबनान र इजरायलको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।