image
image
स्पेनको पूर्वी र दक्षिणी भागमा भिषण बाढी, मृत्यु हुँनेको संख्या ९५ पुग्यो

स्पेनको पूर्वी र दक्षिणी भागमा भिषण बाढी, मृत्यु हुँनेको संख्या ९५ पुग्यो


 काठमाडौं । स्पेनको पूर्वी र दक्षिणी भागमा भीषण वर्षाका कारण आएको बाढीबाट ९५ जनाको मृत्यु भएको छ । धेरै सवारीसाधन बगेका छन् भने मालवाहक रेल पटरीबाट खसेर रेलमार्ग र राजमार्गमा यातायात अवरुद्ध भएको छ । गाउँका गल्लीहरु खोलामा परिणत भएका छन् । देशमा हावाहुरीको प्रभाव बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भ्यालेन्सियामा रहेको आपतकालीन सेवाले बुधबार ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । कास्टिला ला मान्का क्षेत्रको केन्द्रीय कार्यालयले कुएन्कामा ८८ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेको छ ।

लवे अधिकारीहरूले मलागा नजिकै ३०० जना बोकेको रेल पटरीबाट खसेको बताए । यद्यपी मानवीय क्षति भने भएको छैन । भ्यालेन्सिया सहर र म्याड्रिड बीचको उच्च गतिको रेल सेवा अवरुद्ध भएको छ । 

अचानक आएको बाढीले दक्षिणमा मलागा प्रान्तदेखि पूर्वमा भ्यालेन्सियासम्म ठूलो क्षति पुर्याएको छ ।  घरहरुमा कयौं फिट पानी भरिएको देखिएको छ । प्रहरी र उद्धार सेवाहरूले घर र कारबाट मानिसहरूलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरेका थिए । स्पेनको आपतकालीन कार्यदलका १,००० भन्दा बढी सदस्यहरू बाढी प्रभावित क्षेत्रमा खटाइएको छ । स्पेनको केन्द्रीय सरकारले उद्धार कार्यमा सघाउन आपतकालीन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।