एएफसी यू–२० एसियन कप छनोट: नेपाल बहराइनसँग ४–० ले पराजित, छनोट सम्भावना समाप्त
काठमाडौँ । नेपालले एएफसी यू–२० एसियन कप छनोटको अन्तिम खेलमा बहराइनसँग ४–० को पराजय भोग्दै प्रतियोगितामा छनोट हुने सम्भावना गुमाएको छ। बहराइनका समी बसम अवादीले दुई गोल गर्दा खलिद अल्खलाफ र अलि अहमेद हसनले समान एक-एक गोल थपे।
यस हारसँगै नेपालले तीन खेलमध्ये दुईमा पराजय र एकमा जित हात पारेको छ। समूह बीबाट अब कम्बोडिया र उज्वेकिस्तानको फाइनल चरणमा पुग्ने सम्भावना प्रबल छ।









