image
image
महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई

महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई

काठमाडौँ ।  फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार राति भएको फाइनलमा जापानविरुद्ध १–० को जित निकाल्दै उत्तर कोरियाले तेस्रोपटक यू–२० विश्वकपको उपाधि चुमेको हो । 

कोलम्बियामा भएको प्रतियोगिताको फाइनलमा उत्तर कोरियाकी फरवार्ड चोइ सनले निर्णायक गोल गरिन् । फाइनलको गोलसँगै सन कुल ६ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता समेत बनिन् । 

यसअघि गत मार्चमा भएको एएफसी यू–२० एसियन कपको फाइनलमा पनि उत्तर कोरियाले जापानलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो । युवा विश्वकपमा उत्तर कोरियाले शतप्रतिशत जितसहित उपाधि उचालेको हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।