image
image
१७ देशका प्रस्तावित राजदूतमध्ये १६ को नाम पारित

१७ देशका प्रस्तावित राजदूतमध्ये १६ को नाम पारित

काठमाडौँ।  संसदीय सुनुवाइ समितिले सरकारले प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम पारित गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १६ राजदूतलाई बहुमतले अनुमोदन गरेको हो। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा भने केही कागजात अपूरो रहेको भन्दै थप कागजात मगाउन निर्देशन दिएको छ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, र कार्ययोजना सुनेर निर्णय लिइएको बताइन्। समितिमा इजरायल, दक्षिण अफ्रिका, र मलेसियाका लागि प्रस्तावित राजदूतहरूमाथि केही फरक मत राखिएको थियो। साथै, भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको सम्बन्धमा पनि फरक मत रहेको बताइएको छ।

समावेशिता अपूरो रहेको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर स्पष्टीकरण लिइएको थियो। हाल मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।